वैदेशिक रोजगारीमा ठगिएका ९६ प्रतिशत नागरिकलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ : मन्त्री अर्याल

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरूलाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने नागरिकहरू ठगिएका भन्दै आफू टुलुटुलु हेरेर नबस्ने बताएका छन् । उनले ठगिएका नागरिकहरूको सम्बन्धमा आफूले काम गरिरहेको बताए ।

उनले फ्रि भिसा फ्रि टिकटले विकराल अवस्था सिर्जना गरेको बताए । उनले फ्रि भिसा फ्रि टिकट जम्मा ४ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत नागरिक वैदेशिक रोजगारीमा जाँदा ठगिएका बताए ।

उनले हरेक वर्ष करिव १ खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ च्यानल बाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपाली नागरिकहरू ठगिइरहेका बताए । उनले सरकारले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि उच्चतम प्रयास गरिरहेको बताए ।