images
images

मंगलबार गंगालालमा भर्ना भएका राष्ट्रपति पौडेल डिस्चार्ज

काठमाडौँ – मुटुमा समस्या देखिएका कारण मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार डिस्चार्ज भएका छन्।

हिजो समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल आज बिहान ११ बजे डिस्चार्ज भएका हुन्।

राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार अस्पताल पुगेका थिए। चिकित्सकले उनको मुटुसम्बन्धी परीक्षणका लागि २४ घण्टा अस्पतालमा राख्नुपर्ने बताएपछि उनी त्यहाँ बसेका थिए।