images
images

राष्ट्रियसभा बैठकः तिलगङ्गा विधेयक पेस

काठमाडौँ, १० असार : राष्ट्रियसभाको आजको बैठकमा ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पेस गरिएको छ ।

सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक पेस गर्नुभएको हो । बैठकले ‘नवीकरणीय ऊर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गर्नभएको थियो ।

राष्ट्रियसभाको अर्काे बैठक यही असार १३ गते बिहीबार दिउँसो १ः१५ बजे बस्नेछ ।