images

घट्यो बैंकको आधार दर, ऋणीले १० प्रतिशतभन्दा कम ब्याजमा ऋण पाउने

काठमाडौं – वाणिज्य बैंकहरुले असार महिनाको आधार दर सार्वजनिक गरेका छन्। असारमा बैंकहरुको औसत आधार दर ८.७ प्रतिशतबाट घटेर ८.४७ प्रतिशत भएको छ।

आधारदर सार्वजनिक गरेको १९ वाणिज्य बैंकमध्ये दुई वटा बैंकले आधार दर घटाएका छन्। यी मध्ये कुमारी बैंक, प्राइम कमर्सियल बैंक, एनआइसी एसिया र हिमालयन बैंकको आधार दर ९ प्रतिशतभन्दा माथि छ।  यी बाहेक अन्य बैंकको आधार दर ९ प्रतिशतभन्दा कम रहेको छ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ७.२१ प्रतिशत छ।

बैंकहरुले आधार दरमा थप प्रिमियम तोकेर कर्जाको ब्याज तोक्ने गर्छन्। अहिले अधिकांश बैंकहरुले प्रिमियम दर पनि घटाइरहेको छ। केही समयअघिसम्म यस्तो प्रिमियम दर ७ प्रतिशतसम्म रहेको थियो भने अहिले अधिकतम ५ प्रतिशत छ।

धेरै जस्तो कर्जा योजनामा प्रिमियम दर अधिकतम २ प्रतिशत छ भने केहिमा २ प्रतिशतभन्दा कम पनि छ। यसर्थ बैंकबाट ऋणीले १० प्रतिशतभन्दा कम ब्याजमा कर्जा पाउन सक्ने भएका छन्।

यसमध्ये बैंकले घर कर्जा, विद्युतीय सवारी कर्जा लगायतमा २ प्रतिशतभन्दा कम प्रिमियम तोकेको छ। यस्ता कर्जा ८.५ प्रतिशतदेखि ९ प्रतिशत हाराहारीमा पाउने भएका छन्।

कुन बैंकको कति आधार दर?

बैंक असारका लागि  आधार दर

जेठको  आधार दर
सानिमा बैंक ८.२ ८.४१

नेपाल एसबिआइ ८.५२ ८.७७
कुमारी बैंक ९.४८ ९.६३
ग्लोबल आइएमई बैंक ८.४ ८.६
सिद्धार्थ  बैंक ८.३ ८.५१
राष्ट्रिय वाणिज्य बैंक ७.२१ ८.३५
एभरेष्ट बैंक ७.५३ ७.८
प्राइम कमर्सियल बैंक ९.०४ ९.३
एनआइसी एसिया बैंक ९.१३ ८.९
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ८.०३ ७.७८
लक्ष्मी सनराइज बैंक ८.९ ९.१७
माछापुच्छ्रे बैंक ८.४५ ८.७
एनएमबी बैंक ८.७ ८.९४
प्रभु बैंक ८.३५ ८.४९
नबिल  बैंक ७.८६ ८.१
हिमालयन बैक ९.२ ९.५२
कृषि विकास बैंक ८.३८ ८.६१
सिटिजन्स बैंक ८.८५ ९.०७
औसत ८.४७ ८.७