काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपाल वायु सेवा निगमको वाईडबडी जहाजको सम्पूर्ण मर्मत ( सी-चेक ) का बारेमा चासो व्यक्त गर्नु भएको छ ।
सोमबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बोलाएर मन्त्री तामाङले जहाजको सम्पूर्ण मर्मत ( सी-चेक ) मा बिलम्ब भएको किन हो भनी जानकारी लिनुभएकाे थियाे । साथै जहाज मर्मतमा लैजादा पुरा गर्नु पर्ने प्रकृया पालना भए -नभएको बारेमा पनि सोध्नु भएको थियो । साथै मन्त्री तामाङले जहाज मर्मत चाँडो सकेर नियमित उडानमा समावेश गर्न निर्देशन समेत दिनु भएको थियो । उहाँले कानुनी प्रकृया पारदर्शी ढंगबाट पूरा गरेर निगमले काम गर्न अधिकारीलाई कडा निर्देशन दिनु भएकाे थियो ।
अध्यक्ष अधिकारीले मन्त्रीलाई जुन २२ मा निगमको एक वाईडबडी जहाज दुबई हुँदै मर्मतका लागि ईटाली पठाईएको जानकारी दिनु भएको थियो । सो जहाज तीस दिन भित्र मर्मत सकेर उडानमा ल्याउने भनिएको छ ।
ईटालिएन कम्पनी एटीटेक एसपिएलाई मर्मतको जिम्मेवारी दिईएको छ । दुईवटा वाइडबडी जहाजमध्ये कल साइन नाइन एनएनवाई जहाज यही जुन २५ देखि सी-चेक नभए उडान गर्न पाउने थिएन। साथै यस जहाजको मर्मत सम्पन्न भए पश्चात निगमको अर्को A330 जहाज 9N-ALZ लाई पनि मर्मत सम्पन्न गराउन सोही मर्मत कम्पनीमा जूलाई २०२४ को अन्तिम सातामा पठाउन तयारी गरिरहेको पनि अध्यक्ष अधिकारीले जानकारी दिनुभएको थियो।
यस अघि पनि वायुसेवा निगमको कार्यलयको अनुगमन तथा बार्षिक बैठकका बेला पनि उनले जहाजको मर्मत किन ढिला भएको हो ? जवाफ दिन दिर्नेशन दिनु भएको थियो ।