images

इजरायलले माग्यो ८०० केयरगिभर, मासिक तलब दुई लाखभन्दा बढी [सूचनासहित]

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ८०० जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभत्रमा अनलाइन मार्फत आवेदन दिन सकिनेछ ।

८०० जना माग गरिएकोमा ५०० जना मुख्य उम्मेदवार हुनेछन् भने ३०० जना वैकल्पिक उम्मेदवार हुनेछन् । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनेछन् । उनीहरुले मासिक पाँच हजार ८८० सेकेल (इजरायली मुद्रा) न्यूनतम तलब हुनेछ । जुन नेपालका दुई लाख १० हजार नेपाली रुपैयाँभन्दा बढी हुनेछ । इजरायल जाने कामदारको करार अवधी पाँच वर्षको हुनेछ ।

यसअघि सन् २०२२ मा समेत एक हजार भन्दा बढी केयरगिभर रोजगारीका लागि इजरायल गएका थिए ।

1

2