images

रास्वपा प्युठान संयोजक सुवेदीले दिए राजीनामा

प्युठान- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्युठान संयोजक सुमन सुवेदीले पद तथा जिम्मेवारीबाट राजीनामा दिएका छन्।

फरक नेतृत्वशैली र फरक भिजनको प्रचार गर्दै उदाएको रास्वपाप्रति आकर्षित भई पार्टीमा लागेका सुवेदीले जिम्मेवारी सम्हालेको छोटो समयमै राजीनामा दिएका हुन्।

आफू पार्टीगत राजनीतिका लागि योग्य पात्र नभएको जिकिर गर्दै सुवेदीले मंगलबार सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा तथा पार्टी परित्यागको घोषणा गरेका हुन्।

साथै, उनले आसन र भाषणमा मात्र आफू रमाउन नसकेको बताउँदै सोही कारणले आफू पार्टी र त्यसको जिम्मेवारीमा रहन नसक्ने बताएका छन्।

‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनैपनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु,’ सुवेदीले लेखेका छन्, ‘समाज, मेरो बुझाइ र मेरो स्वभाव कहीं कतै केही समस्या अवश्यै छ, त्यसैले मलाई म पार्टीगत राजनीतिका लागि योग्य होइन भन्ने लाग्यो। अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो। आसन र भाषणमा मात्रै रमाउन मनले माने।’

यसका साथै उनले आजसम्म जिम्मेवारीमा रहँदा आफूले गुनासो सुन्नेबाहेक केही काम नगरेको जनाउँदै गुनासो गर्नेहरू थुप्रै भेटिएको तर त्यसको सम्बोधन आफूले गर्न नसकेको स्वीकार गरेका छन्।

फरक देखिन र बोल्न सिकेर होइन, फरक र सकारात्मक कर्मको अभ्यासले देश सिंगार्नु जरुरी भएको बताउँदै आफू आसन र भाषणमा मात्र रमाउन नसक्ने उनकाे भनाइ छ।

उनी लेख्छन्: