दाङ– दाङ प्रहरीले १३ किलो अफिम सहित तीनजनालाई पक्राउ गरेको छ। तुलसीपुर ८ दुधेनाबाट रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सीमीकोटका मोहन पुनलाई आफन्तको घरबाट गएराति पक्राउ गरिएको हो।
इप्रका तुलसीपुरका डीएसपी ठाकुर पोखरेलका अनुसार प्रहरी निरीक्षक प्रकाश थापासहित जिप्रका दाङको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
रुकुममा अवैधरूपमा खेती गरेर अफिम दाङको तुलसीपुर हुँदै भारत पठाइँदै आएको छ। अफिम कारोबारीले तुलसिपुरलाई ट्रान्जिट प्वाइन्ट बनाउन थालेपछि प्रहरीले निगरानी बढाएको छ।


लाल्टिन खबर 






