images

अब पनि सच्चिएर अघि नबढे आगामी निर्वाचनमा राष्ट्रिय दल बन्न मुस्किल:महामन्त्री डा. ढकाल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदनले तरंग ल्याएको छ। ३९ जिल्लाका पार्टीका नेता(कार्यकर्तासँग अन्तरक्रिया गरेर महामन्त्री ढकालले बुधबार साँझ पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ३२ पृष्ठको प्रतिवेदन बुझाएका हुन्।

पार्टी दुर्घटनामा पर्दैछ भन्दा आफूलाई महामन्त्रीबाट घोक्र्याइन सक्ने उनले बताएका थिए। अब पनि सच्चिएर अघि नबढे आगामी निर्वाचनमा राष्ट्रिय दल बन्न मुस्किल पर्ने उनको प्रतिवेदनमा उल्लेख छ।

केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्रीलाई आलोचना गर्दा घोक्र्याइँदैन भन्ने प्रमाण आफू रहेको जवाफ दिएका छन्।

उनले भनेका छन्, फेसबुक जस्ता सामाजिक सञ्जालमा नै खुला बहस गर्ने सोचको पक्षपाती हुँ। हाम्रा महामन्त्रीले पनि सोही बमोजिम गर्नु भएकोमा दुःखी छैन म। रह्यो कुरा पार्टीको हालको अवस्थाको बारेमा उहाँको समीक्षाको, त्यसमा धेरै कुरामा सहमत छु।

पार्टीको विधि, चरित्र र बाटोको बारेमा आफूले उठाइरहेको विषयमा आइपुगेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, सँगसँगै प्रश्न छन्, यो अवस्थामा पुग्यो कसरी? पार्टीले आफ्नो चरित्र बिर्सिन उहाँ स्वयंको योगदान कति रह्यो? संगठन अस्थिर र जथाभावी कसले बनायो? आफ्नालाई अवसर दिन विधि मिचीमिची पार्टी कार्यालयमा नै आन्दोलनसमेत गर्न उक्सायो कसले? एउटा सांसद पदका लागि विधि र चरित्रमा अतिक्रमण गर्न सुरू कसले गरायो? यी र यस्ता धेरै प्रश्नको सही जवाफ अब खोज्न ढिलो गर्न हुन्न।

उनले थप भनेका छन्, पार्टी कोही व्यक्तिको अस्तित्व र गल्तीको भारीमा थिचिएर सकिँदैन । अनि, प्रश्न गर्दैमा, आलोचना गर्दैमा रास्वपामा पददेखि घोक्र्याइँदैन भन्ने सबुत प्रमाण म छु। नाजायज काम गरेकाहरू मात्र हुन् विचारसँग डराउने।’