समाजवादीले केन्द्रीय कमिटिको संख्या २ सय ९९ पुर्याउने, वरिष्ठ उपाध्यक्ष थपिने

काठमाडौँ – एकीकृत समाजवादीले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ।

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटि संख्या १९९ बबाट २९९ बनाउने निर्णय गरेको हो।

त्यस्तै पदाधिकारी संख्या १९ बाट बढेर २१ पुर्याइने भएको छ।

प्रवक्ता जगन्नाथ खतिवडका अनुसार वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको छ भने वरिष्ठ उपाध्यक्षमा एक महिला अनिवार्य गरिएको छ। त्यस्तै सम्मानित पदलाई पनि यथावत् राखिएको छ।

बैठकले केन्द्रीय प्रतिनिधिबाट ५ प्रतिशत मनोनीत गर्ने प्रावधान हटाइएको छ।