images
images

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, वैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहानका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  ९ बजे बस्ने बैठकले मुख्यसचिव नियुक्त गर्ने तयारी गरिएको छ।

स्रोतका अनुसार वर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई राजदूत बनाएर पठाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी भएको छ ।

बैठकमा समसायिमक अन्य केही निर्णय लिनसक्ने पनि बताइन्छ।