images

त्रिवि शिक्षण अस्पतालमा मुटुको भल्भ फेर्ने नयाँ विधिको सफल प्रयोग

काठमाडौं- महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा  ‘मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी’ प्रविधिबाट मुटुको ‘माइट्रयल भल्भ’ परिवर्तन गरिएको छ। सेन्टरमा गत मंगलबार सम्पन्न उक्त शल्यक्रिया सम्पन्न भएको डा अनिल  भट्टराईले बताए।

डा अनिल भट्टराईको नेतृत्वमा भएको उक्त शल्यक्रियामा  डा प्रभात खकुराल, डा रवि बराल , डा समिर यादव,  डा विश्वास प्रधान, डा विभुस श्रेष्ठ र डा अर्जुन गुरुङ लगायतको टोली रहेको थियो।

बाथ मुटु रोगको समस्या भएकी ५३ वर्षाया एक महिलामा मुटुको माइट्रयल भल्भ परिवर्तन गर्ने शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ। यद्यपि यस विधिबाट माइट्रल भल्भ परिवर्तन भने  नेपालमै पहिलो पटक गरिएको डा भट्टराईले बताए।

उक्त शल्यक्रियामा राइट एक्जिलरी मिनिथोराक्टोमी’ गरेर  ती महिलाको माइट्रयल भल्भ रिप्लेसमेन्ट गरिएको उनले बताए। बाथ मुटुरोगका कारण उनको माइट्रयल भल्भमा समस्या रहेको उनले बताए। 

‘मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी’  प्रविधि भनेको काखीमुनि प्वाल पारेर गरिने शल्यक्रिया हो। यस दशकअघि देखि नै सेन्टरमा मिनीमल्ली इनभासिभ विधिबाट मुटुको शल्यक्रिया हुँदै आएको थियो।

माइट्रयल भल्भको समस्याका कारण फोक्सोबाट मुटुको बायाँ आर्टियममा आउने अक्सिजनयुक्त रगत बायाँ भेन्ट्रिकलमा पुग्नमा समस्या रहेको उक्त माइट्रयल भल्भ परिवर्तन गरिएको उनको भनाइ छ। मनमोहनमा पहिलो पटक भएको उक्त शल्यक्रिया अन्य मुलुकहरुमा भने भइरहेको छ।  उक्त शल्यक्रिया सम्पन्न गर्नका लागि साढे दुई घण्टाको समय लागेको थियो।

नेपालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा करिब दशकअघि नै मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी (एमआईसीएस) सुरु गरिएको थियो ।

काखीमुनि प्वाल पारेर भल्भ परिवर्तन गर्नु वा मुटुको अन्य शल्यक्रिया गर्नु विश्वका लागि नौलो नभए पनि मनमोहनमा भने यसअघि यस विधिबाट गरिएको शल्यक्रिया सफल भएको थिएन ।