images

बालकोटमा देउवा र ओलीबीच भेट वार्ता

काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शनिबार कांग्रेस सभापति देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् । भेटघाटका क्रममा दुई नेताबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको कांग्रेस निकट श्रोतले जनाएको छ ।

उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ । उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने विषय खुलेको छैन । यद्यपि दुई ठूला दलहरुबीच संवाद सुरु भएको अर्थमा बुझ्नुपर्ने नेताहरुले बताएका छन्