कृषि उत्पादनमा आत्मनिर्भर बन्न कृषकलाई थप प्रोत्साहित गर्नु पर्छ : सांसद एकनाथ ढकाल

१५ असार- प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल काठमान्डौको बुढानिलकण्ठ नगरपालिका स्थित चुनिखेलमा धान रोपाई कार्यक्रममा सहभागी भएका छन्। धान रोपाईमा छोरि एस्थर ढकाल संगै लिएर सहभागी भएका पूर्व मन्त्रि समेत रहेका ढकालले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन कृषकहरुलाई थप प्रोत्साहित गर्नु पर्ने बताए।

राष्ट्रिय धान दिवसको शुभकामना दिदै सांसद ढकालले उच्च गुणस्तरको एवं उन्नत कृषि सामग्रीहरु (मल, वीउ, कृषि रसायन र उपकरण) को आयात र सर्वसुलभ मूल्यमा देशभरी विक्री वितरणको व्यवस्था मिलाउन पनि सरकार संग आग्रह गर्नु भयो।

राष्ट्रिय धान दिवसको अवसर पारेर विश्व शान्ति तथा महिला संघ नेपालले धान रोपाई कार्यक्रम आयोजना गरेको थियो।

रोपाईमा आयोजक संस्थाकी अध्यक्ष नीला श्रेष्ठ तथा नेपाल परिवार दलका नेताहरु समेत सहभागी थिए।