images

सांसद फणीन्द्रले लिए मन्त्रीको शपथ

पोखरा – सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनस् मन्त्री नियुक्त भएका छन् । देवकोटाले आजै सपथ पनि लिइसकेका छन् ।

देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् ।

गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । तर, पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले फणीन्द्रलाई कारबाही गरेको थियो । कारबाहीपछि फणीन्द्र सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले सोमबार कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको थियो ।