images

प्रतीक थापालाई सरकारी वकिल कार्यालय काठमाडौँमा लगियो

काठमाडौँ -नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले  पक्राउ गरेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लगिएको छ ।

शुक्रबार बौद्धबाट पक्राउ परेका प्रतीकलाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लगेको हो । उनलाई त्यसपछि जिल्ला अदालत काठमाडौँमा पेस गरिने छ ।