images

२४० आवेदनबाट राजदूतका लागि रास्वपाले छान्यो सात जना, स्वर्णिम र शिशिरले अन्तिम टुंगो लगाउने

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खुला आह्वानमा परेको २४० आवेदनबाट राजदूत बन्नका लागि सात जनाको नाम तय गरेको छ।

राजदूतहरुको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र इमेलमार्फत् आह्वान गरेकामा २४० जनाको आवेदन मध्ये  सात जनाको समावेशी सूची तयार पारिएको सांसद शिशिर खनालले बताए।

सो नाम रास्वपा अन्तर्राष्ट्रिय विभागको तर्फबाट पार्टी सभापति रवि लामिछानेलाई बुझाइएको छ। अन्तिम सूचीमा रहेका व्यक्तित्वहरूसँग आवश्यक छलफल गरी प्रस्तावित दुई जनाको नाम तय गर्नेछ।

भापति लामिछानेले पार्टी उपसभापति स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएका छन्।

सत्ता गठबन्धनले रिक्त राजदूतहरूका लागि भागबन्डा गरेको थियो। एमालेको कोटाबाट पाँच जना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका तर्फबाट दुई जना र माओवादी केन्द्रबाट एक जना राजदूत सिफारिस भइसकेका छन्।