images

रञ्जिता श्रेष्ठलाई बहुमत सांसदले संसदीय दलको नेताबाट हटाए, गंगा चौधरी चयन

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी)लाई हटाएका छन् ।

अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्।

दलको नेतामा यसअघि प्रमुख सचेतक रहेका गङ्गा चौधरीलाई चयन गरेका छन्। चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालाबिर चौधरीलाई निर्णय भएको छ । लालवीर रेशम चौधरीका बुवा हुन्।

नाउपाका चार सांसदमध्ये गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले नाउपा संसदीय दलको नेताबाट रञ्जितालाई हटाउँदै गंगा चौधरी जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेका छन्।

यससँगै उनी संसदीय दलमा एक्लिएकी छन् । गंगा चौधरी यसअघि नाउपाको प्रमुख सचेतक थिए । उनी संसदीय दलको नेता भएसँगै लालवीर चौधरीले प्रमुख सचेतकको जिम्मेवारी पाउका छन् । लालवीर नाउपाका संरक्षक समेत रहेका रेशमलाल चौधरीका बाबु हुन् ।