images

टिआरसी विधेयकमा सहमति जुटाउन तीन दलको सहजीकरण कार्यदल गठन

काठमाडौं – संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयकमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सहजीकरण कार्यदल गठन गरेको छ ।

शुक्रवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले  कार्यदल गठन गरेको हो।

सहजीकरण कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।