काठमाडौं – नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड पार्टी पदाधिकारी बैठक बोलाएका छन्।
अहिले बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव श्रीराम ढकालले बताए।
बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रमका साथै एमाले र कांग्रेस मिलेपछि अल्पमतमा परेकाले राजीनामा दिनेबारे पनि छलफल हुने उनले बताए।