images

एमाले महासचिव शंकर पोखरेल भन्छन्–अब ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधनसहितको प्रक्रियालाई स्वीकार्ने दलहरूलाई नयाँ सरकारमा समावेश गरिने बताएका छन् ।

आफ्नो सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदअनुरुप कानून समेत निर्माण गर्नेगरी केपी शर्मा ओलीको नेतृत्त्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी भएको छ । यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने छ ।’

वर्तमान गठबन्धन सरकारसँग असन्तुष्ट बनेका एमाले अध्यक्ष ओलीले सोमवार मध्यरातमा नेपाली कांग्रेससँग नयाँ सरकार बनाउने सहमति गरेका छन् । जसमा ओली २ वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि चुनाव अवधिसम्म कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने, संविधान संशोधन र पुनरावलोकन लगायतका ७ बुँधे समझदारी भएको छ ।