images
images

प्रचण्डको सत्ता गुमेपछि बाबुराम भन्छन्- सबैलाई सँधै ठग्न सकिन्न

काठमाडौं –नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्ता परिवर्तनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठगीको समय सकिएको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भट्टराईले भनेका छन्  ’चर्चित भनाइ छ – ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ; सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’ सन्दर्भ बुझौं !

प्रचण्डसँग जनयुद्धको सुरु देखि नै  एकसाथ रहेका भट्टाराईलाई पटक पटक प्रचण्डले धोका दिएको तर्फ लक्षित रहेको छ। उनले गत चुनावमा पनि आफ्नो निर्वाचन क्षेत्र गोरखा दुई प्रचण्डलाई छाडेर जिताएका थिए।

भट्टराईले केही दिनअघि निर्वाचनयता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको र उल्टै आफूले निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गरेको आरोपसमेत लगाएका थिए ।