images

मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भयो : प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले कांग्रेस र एमालेबीचको सहमति मुलुकलाई पश्चगमनतर्फ लैजाने खालका भएको उनले बताए ।

पार्टी पदाधिकारी बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले संक्षिप्त रूपमा पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेको माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए । उनले भने, ‘आजको बैठकमा अध्यक्ष कमरेडले पछिल्लो राजनीतिक घटनाक्रमबारे संक्षिप्त ब्रिफिङ गर्नुभयो । तर अहिले कांग्रेस र एमालेबीच जे(जे सहमति भए भनिएका छन् ती त्यति स्वाभाविक लागेको छैन । पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने प्राकृतिक लाग्दैन ।’

बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले दोहोरो भूमिका खेलेकोमा पनि बताए । ओलीसँग बिहानमात्रै  भेट हुँदा समेत बाहिर आएका कुरा केही नभएको भनेर ओलीले जवाफ दिएको प्रचण्डले बैठकमा ब्रिफिङ गरेका थिए  ।