images
images

भ्रष्टाचारका फाइल खुल्न थालेपछि रातारात सत्ता समीकरण फेरियो :गृहमन्त्री लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको दाबी गरेका छन्।

सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको दाबी गरे।

‘सबैलाई थाहै छ। तपाइँहरुनै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्छ। अब फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने। यो बेचैनीको अर्को अर्थ के होला त? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो। यो संविधान जोगाउनुपर्ने, कल्लाई जोगाउन खोजेको?,’ उनले प्रश्न गर्दै भने, ‘सबैले बुझेकै कुरा हो। ठिक छ यसमा मेरो केही भन्नु छैन। संवैधानिक प्रक्रिया सुरु होला त्यसपछि अरु गर्ने कुराहरु छँदैछ। अहिले यति नै भन्न चाहान्छु।’

साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि कांग्रेस एमालेको बेचैनी बढेको र नयाँ गठबन्धन बनाएको टिप्पणी गरेका छन्। उनले केही फाइल खोल्नासाथ एक रातमै सरकार ढलेको बताए।