images

राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं–नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम एक बर्षका लागि बैंक तथा वित्तिय संस्थामा लगानी गर्ने जनाएको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ३६ करोड, राष्ट्रिय स्तरका विकास बैंकमा ६ करोड ७५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड २५ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ।

उक्त रकम लिन चाहने बैंक तथा वित्तिय संस्थाले लिन चाहेको रकम खोली असार २० गते ७ बजे भित्र ब्याजदर प्रस्तावन गर्न आह्वान गरेको छ। राष्ट्र बैंकले साउन ३ देखि २०८२ साउन ३ गतेसम्मका लागि उक्त रकम मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।