images
images

समाजवादी केन्द्र घोषणा संगै शक्तिशाली बन्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो प्रयासपछि समाजवादी मोर्चा घोषणाको संघारमा पुगेको  हुन ।मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेसपा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सामेल गराउने प्रयास भइरहेको छ । तर, नेसपा भने तत्कालै सहभागी नहुने भएको छ ।

तेस्रो निर्णायक शक्तिको सदुपयोग गर्दै प्रधानमन्त्री बनेका प्रचण्ड मोर्चा घोषणा भएपछि ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ । माओवादीको ३२ सीटमा नेसपाको दुई सांसद छन्।

त्यस्तै चुनाव चिह्न र नेतृत्व कस्ले गर्न भने बारेमा थप छलफल हुन बाकी रहेको देखिन्छ ।।