images

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ-गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । हिजो बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेका कारण हेर्दाहेर्दैमा राखिएको हो ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।