काठमाडौं -नेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आजदेखि नयाँ नेतृत्वको चयन प्रक्रिया सुरु हुने भएको छ ।दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि सामूहिक छलफल गरिएको छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमाथि १२ समूह बनाएर छलफल गरिएको हो ।
प्रतिवेदनहरुमाथि विभिन्न समूहमा भएको सामूहिक छलफलको निष्कर्ष पेश गरेलगत्तै नेतृत्व चयनको प्रक्रिया शुरु हुने भएको हो ।
महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । अध्यक्ष र महासचिवसहितका महत्वपूर्ण पदमा सर्वसम्मतीको प्रयास भइरहेको छ ।
आज निर्वाचनको प्रक्रिया सुरु भएपनि मतदान भने भोलि मात्रै हुने भएको छ। विद्युतीय मेसिनबाट मतदान गरिने समाजवादीले जनाएको छ ।
महाधिवेशन भोलि सक्ने कार्यतालिका छ ।