images

एस महाधिवेशन:दस्तावेजमाथि समूह नेताहरुको प्रस्तुति,नेतृत्व चयनको प्रक्रिया सुरू

काठमाडौं -नेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आजदेखि नयाँ नेतृत्वको चयन प्रक्रिया सुरु हुने भएको छ ।दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि सामूहिक छलफल गरिएको छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमाथि १२ समूह बनाएर छलफल गरिएको हो ।

प्रतिवेदनहरुमाथि विभिन्न समूहमा भएको सामूहिक छलफलको निष्कर्ष पेश गरेलगत्तै नेतृत्व चयनको प्रक्रिया शुरु हुने भएको हो ।

 

महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । अध्यक्ष र महासचिवसहितका महत्वपूर्ण पदमा सर्वसम्मतीको प्रयास भइरहेको छ । 

आज निर्वाचनको प्रक्रिया सुरु भएपनि मतदान भने भोलि मात्रै हुने भएको  छ। विद्युतीय मेसिनबाट मतदान गरिने समाजवादीले जनाएको छ   ।

महाधिवेशन भोलि सक्ने कार्यतालिका छ ।