images

महामन्त्री ढकालको प्रतिवेदनमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक  सुरु भएको छ। बैठक बुधबार बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा सुरु भएको हो।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बनाउने निर्णयसँगै रास्वपा सरकारबाट बहिर्गमनको संघारमा पुगेको छ।

साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने बताइएको छ।