images

बेचन झा पक्राउ परेपछि कांग्रेसको हेडक्वाटर तानिने निश्चित भएपछि एमालेसँग मिल्यो : लेखनाथ न्यौपाने

काठमाडौं –नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि कांग्रेस आत्तिएर एमालेसँग मिलेको दाबी गरेका छन्।

झा पक्राउ परेपछि ग्रेसको हेडक्वाटर पनि  तानिने निश्चित जस्तै रहेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘कांग्रेस सरकार बाहिर थियो, उ जसरी पनि सरकारमा जान चाहन्थ्यो र एमालेसँग मिलेर हामीलाई प्रचण्डले धोका दियो भन्ने मात्र होइन बेचन झा गिरफ्तारी सँगै कांग्रेसको हेडक्वाटर पनि  तानिने निश्चित जस्तै थियो । त्यसकारण उसलाई प्रचण्ड नेतृत्व सरकार भत्काउनु थियो ।’

योे प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू राणाको नाम जोडिएको छ।
यस्तै, उनले एमालेलाई कांग्रेससँग काँध मिलाउनुको पनि तीन कारण दिएका छन्। ओलीले कांग्रेससँग मिलेर प्रचण्डसँग नेकपाकालको बदला लिएको जिकिर गरे।

‘ओलीले नेकपाकालको बदला लिएका हुन्, ०४७ कै संविधानमा फर्काउन चाहन्छन्’

त्यसबारे उनको भनाइ

एमालेलाई कांग्रेससँगकाे गठबन्धन किन चाहिएकाे हाे ?

कांग्रेस सरकार बाहिर थियाे, उ जसरी पनि सरकारमा जान चाहन्थ्याे र एमालेसँग मिलेर हामीलाई प्रचण्डले धाेका दियाे भन्ने मात्र हाेइन बेचन झा गिरफ्तारी सँगै कांग्रेसकाे हेडक्वाटर पनि  तानिने निश्चित जस्तै थियाे । त्यसकारण उसलाई प्रचण्ड नेतृत्व सरकार भत्काउनु थियाे । 

तर एमालेलाई ?

एमालेकै पहलमा बनेकाे पछिल्लो गठबन्धन र यसैमार्फत ओली प्रधानमन्त्री बन्न सक्थे सम्भावना समेत थियाे, अब त उनलाई प्रम बनाउने कांग्रेसकाे ललिपप प्रचण्डले संसदकाे सामना गर्ने भन्ने प्रक्रियाले चाख्न नपाउने बनाइदियाे । किनकि संविधानकाे धारा ७६, २ अनुसार बनेकाे सरकारले विश्वासको मत लिन नसक्दा स्वत् प्रक्रिया ७६, ३ मा प्रवेश गर्छ, जुन ओली प्रतिकुल बन्छ ।

एमालेले यसाे गर्नाका कारण 

पहिलाे, नेकपा कालकाे बदला लिने पर्खाईमा थिए ओली । यसकाे पहिलाे प्रक्रिया माओवादी-कांग्रेस गठबन्धन टुटाउने र त्यसपछि  उपयुक्त समयमा प्रचण्डलाई उत्तानाे पार्ने थियाे, यही गर्न खाेजे । 

दाेस्राे, भ्रष्टाचारका फाइलहरुका कारण उस्तै उस्तै मिलेर  खुलेका फाइलहरु राेक्ने सहमतिले काम गरेकाे हुन् सक्छ/ देखिन्छ ।

तेस्राे, कांग्रेस-एमालेलाई ०७२ काे भन्दा ०४७ सालकाे संविधान बढी मन परेकाे पक्का हाे । संविधान संशोधनको नाममा संविधानसभाले बनाएकाे संविधानलाई अन्तरवस्तुका हिसाबले ०४७ कै संविधानमा फर्काउने पश्चगामी मानिसकताले काम गरेकाे हुनसक्छ/ देखिन्छ ।
#नत्र किन आवश्यक भयाे कांग्रेससँगकाे गठबन्धन ?