images

रास्वपाका महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा मुकुल ढकाल केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप टाँसेर सहभागी भएका छन्। उनी सांकेतिक रुपमा विरोध प्रकट गर्दै मुखमा टेप टाँसेर बैठकमा सहभागी भएका हुन्।

बुधबार बिहान सुरु भएको केन्द्रीय समिति बैठकमा उनले मुखमा कालो टेप टाँसेर विरोध प्रकट गरेका हुन्।

महामन्त्री ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै आएका थिए। तर आफ्नो माग सुनुवाइ नभएपछि उनले विरोध स्वरुप मुखमा कालो टेप टाँसेर बैठकमा सहभागिता जनाए।

महामन्त्री ढकालले केही अघि पार्टी नेतृत्वलाई ३२ पृष्ठ लामो प्रतिवेदन बुझाएपछि रास्वपामा आन्तरिक सङ्घर्ष बढ्दै गएको सन्देश प्रवाह भएको थियो । उनको प्रतिवेदनमा पार्टी सङ्कटमा पर्दै गएको उल्लेख छ । सोही प्रतिवेदनमाथि छलफल गर्नुका साथै मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमबारे धारणा बनाउन रास्वपाले केन्द्रीय समिति बैठक आयोजना गरेको हो ।