images

सत्ता समीकरण र सरकार निर्माणबारे छलफल गर्न लोसपा को पदाधिकारी बैठक बस्दै

काठमाडौँ- नयाँ सत्ता समीकरण र सरकार निर्माणबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी लोसपा को पदाधिकारी बैठक बस्दैछ। आज दिउँसो २ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको लोसपाका महासचिव मनिष मिश्रले लाल्टिन खबर लाई बताए ।

आज बस्ने बैठकमा विकसित राजनीतिक परिस्थितिका विषयमा छलफल हुनेछ। नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारमा सहभागी हुन लोसपालाई प्रस्ताव गरिएको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेर सरकारलाई समर्थन गर्न प्रस्ताव गरेका हुन्।

लोसपाले संविधान संशोधनको सन्दर्भमा सरकारलाई समर्थन गर्न सकिने बताउँदै आएको छ।