images

सरकारलाई दिएको समर्थन फिर्ता, एमाले मन्त्रीहरुले दिए राजीनामा

काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमालेको तर्फबाट सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन्। साथै एमालेले आफ्नातर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बेलुुका बालुवाटार पुगेर एमालेका आठ जना मन्त्रीले प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन्।

कांग्रेस एमालेको नयाँ गठबन्धन बनेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीकोे निर्देशनअनुसार एमाले मन्त्रीहरुले राजीनामा बुझाएका हुन्। सामूहिक रुपमा गएर राजीनामा बुझाएपछि प्रधानमन्त्री दाहालमाथि राजीनामाको दबाब परेको छ।

एमालेबाट दाहाल नेतृत्वको सरकारमा रघुवीर महासेठ, पदम गिरी, भगवती चौधरी, हरि उप्रेती, बलराम अधिकारी, ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री थिए।

गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर दाहालले एमालेसँग सत्ता सहकार्य गरेका थिए।