images
images

रास्वपाका मन्त्रीहरुले पनि आज राजीनामा दिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाले आज सरकार छाड्ने बताएको छ । सत्ता गठबन्धनको ठूलो दल एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएपछि दबाबमा परेको रास्वपाले आज सरकार छाड्ने तयारी गरेको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पार्टीबाट सरकारमा गएका सबै मन्त्रीहरु फिर्ता हुने बताए ।

उनले भने, ‘दुई ठूला दल मिलेर सरकार बनाउने निर्णय गरिसकेपछि र एमालेले समर्थन फिर्ता लिइसकेपछि अब सरकारमा बस्नु नैतिक रूपमा ठीक हुन्न, हाम्रा मन्त्रीहरूले आज राजीनामा दिनुहुन्छ ।’

केन्द्रीय समिति बैठकमा समेत सरकार अल्पमतमा परिसकेको अवस्थामा मन्त्री पदमा बसीरहन नहुने मत बलियो बनेको थियो ।

रास्वपाबाट उपप्रधान एवं गृहमन्त्री लामिछानेसहित चार जना मन्त्री छन् ।