images

प्रचण्डप्रति बाबुरामको फेरि कटाक्ष : कुर्सीलाई माया गर्नु एउटा भूल गरें मैले.. बढी तथ्यपरक

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरामम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्ष्य गरी ‘कुर्सीलाई माया गर्नु एउटा भूल’ भएको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्रीसम्बन्धी एक समाचारमा टिप्पणी गर्दै उनले प्रचण्डले कुर्सीलाई माया गर्दा अहिलेको अवस्था आएको बताएका हुन् । ‘कसैलाई माया गर्नु हैन, कुर्सीलाई माया गर्नु एउटा भूल गरें मैले…’ भन्नु बढी तथ्यपरक होला’, उनले कटाक्ष गर्दै लेखेका छन् ।

सत्ता साझेदार एमालेले कांग्रेससँग नयाँ गठबन्धन बनाउने निर्णय गरेसँगै बुधबार राजीनामा बुझाउन पुगेका आठ मन्त्रीसँग गुनासो गर्दै प्रधानमन्त्री दाहालले फत्तेमानले गाएको कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले पंक्ति बोलेका थिए । यसैलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रशारण–प्रकाशन गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।