images
images

प्रचण्डसँगको छलफलपछि राजीनामा नदिइ फर्किए रास्वपाका चार मन्त्री

काठमाडौं- राजीनामा दिन भनेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू राजीनामा नदिइ फर्किएका छन्।

राजीनामा दिन भनेर बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका चार मन्त्रीहरू प्रधानमन्त्री दाहालसँगको छलफलपछि राजीनामा नदिइ फर्किएका हुन्।

छलफलका क्रममा प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने बताउँदै त्यसका लागि सहयोग गर्न भनेका थिए। प्रचण्डको सोही आग्रहमा उनीहरूले राजीनामा नदिइ फर्किएको रास्वपाका एक नेताले जानकारी दिए।

हालको सरकारमा रास्वपाका सभापति लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगारमन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन्।

रास्वपाले एमाले-कांग्रेसको सरकारमा नजाने र प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको थियाे।

एमालेले साेमबार राति नेकपा माओवादी केन्द्रसँग गठबन्धन ताेडी नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिकाे सरकार बनाउने सहमति गरेकाे थियाे।

नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले हिजै राजीनामा दिएका छन्। साथै, एमालेले आफ्नातर्फबाट सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।