images

राष्ट्रपतिसँगको भेटबारे अफवाह फैलाइएको भन्दै प्रधानमन्त्रीको सचिवालयद्वारा खण्डन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटका बारेमा सञ्चारमाध्यममा आएका भ्रामक समाचारको खण्डन गरेको छ ।

एक अनलाइनमा प्रकाशित ‘‘राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीचको त्यो भेट, गोप्य प्लान सुनेपछि झस्किए राष्ट्रपति’’ शीर्षकको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार राष्ट्रपतिसँगको भेटपछि प्रचण्डले राजीनामा नदिने मनस्थिति बनाएको भन्ने समाचार भ्रामक र तथ्यहीन हो ।

पार्टी पदाधिकारीको सोही निर्णयअनुरूप भएको भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई आफू संवैधानिक प्रक्रियाअनुरूप नै अगाडि बढ्ने जानकारी गराएको सचिवालयले जनाएको छ ।

साथै, भेटका बारेमा भ्रामक समाचार सम्प्रेषण नगर्न सचिवालयले आग्रह गरेको छ ।