images

एमालेको बहिर्गमनपछि मन्त्रिपरिषद्को पहिलो बैठक जारी

काठमाडौं – नेकपा एमालेको बहिर्गमनपछि मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका ८ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएपछि बसेको  यो पहिलो बैठक हो।

सरकारबाट बाहिरिएपछि बिहीबार एमालेले प्रधानमन्त्री प्रचण्डलाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ ।