images

रवि लामिछानेको मुद्दामा दुई न्यायाधीशको राय बाझियो

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको मुद्दामा दुई न्यायाधीशको राय बाझिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको फरक-फरक राय आएपछि सो मुद्दामा अन्तिम सुनुवाई हुन सकेन ।

अब उक्त रिट निवेदन यी दुई न्यायाधीश बाहेक अरु ३ न्यायाधीश सम्मिलित पूर्ण इजलासमा पेश गर्नुपर्नेछ ।

सहकारीको रकम अपचलनको आरोप लागेका गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए ।

गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै उनले निलम्बनको माग गरेका थिए ।