images

दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

काठमाडौँ-नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ ।

एमाले महासचिव शंकर पोखरेलले बिहीबार राति जारी विज्ञप्तिमा संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीच  एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै एमाले सरकारबाट समेत फिर्ता भएको अवस्थामा त्यस्ता निर्णय नगर्न भनेको हो ।

‘एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसकेको अवस्थामा सरकार स्पष्ट अल्पमतमा परेको अवस्था छ’, विज्ञप्तिमा भनिएको छ ।

एमालेले अहिलेको अवस्थामा दाहालले विश्वासको मतसमेत पाउने अवस्था नरहेको जनाएको छ ।

uml--1720140296.jpg