images
images
images

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै फेर्न खोजियो : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं – शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खोज्दा सरकार नै परिवर्तन गर्न खोजिएको बताएकी छन् ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत नेकपा एमालेका अध्यक्ष केपी ओलीको नाम उल्लेख गर्दै मन्त्री श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्दा सरकार नै परिवर्तन गर्न खोजेको आरोप लगाएकी हुन् ।

शिक्षामन्त्री श्रेष्ठले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै बिहीबार साँझ सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया दिएकी हुन्।

नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु रुपन्देहीले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीको सम्मानमा बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले शिक्षकका कारण एसईईको नतिजा राम्रो नभएको बताएका थिए । सोही भनाईमा शिक्षामन्त्री श्रेष्ठले यस्तो प्रतिक्रिया दिएकी हुन्।

‘आदरणीय केपि बा! शिक्षकले राम्रो नपढाँउदा एसइईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ’ सामाजिक सञ्जालमा उनी लेख्छिन्,’अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकारनै परिवर्तन गर्न खोज्ने। तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब।’