बेलायती आम निर्वाचन : फराकिलो जित निकाल्दै लेबर पार्टी

बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टी फराकिलो जित उन्मुख भएको छ।

मतगणना जारी रहँदा लेबर पार्टीको सिट संख्या बढ्दै गएको छ भने सत्तारुढ कन्जर्भेटिभ पार्टी नराम्रोसँग खुम्चिएको छ। ६५० सिट रहेको बेलायती संसदमा लेबर पार्टीले ४०५ सिटमा जित निकाल्ने अनुमान गरिएको छ। 

प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले १५४ सिट ल्याउने आँकलन छ। जारी मतगणनामा लेबर पार्टीले २१२ सिट जितिसकेको छ। कन्जर्भेटिभले ३४ सिट जितेको छ।

१४ वर्ष सत्ता बाहिर रहेको लेबर पार्टी यो ठूलो जितसँगै किएर स्टार्मरको नेतृत्वमा सरकरमा पुनरागमन गर्ने अनुमान गरिएको छ। बहुमतको सरकारका बनाउन ३२६ सिट आवश्यक पर्छ। एजेन्सी