images

बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने:आजै राजीनामा बुझाउने तयारी

हेटौंडा – केन्द्रीय गठबन्धनमा आएको फेरबदलको असर प्रदेशमा पर्न सुरू भएको छ । सोहीक्रममा बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ । आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने भएका छन् ।

चार महिनाअघि चैत १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एमाले दोस्रोपटक सहभागी भएको थियो । तर, पुन: कांग्रेस र एमालेको सहमतिपछि एमालेले सरकार छाड्ने भएको हो ।

 मुख्यमन्त्री जम्कट्टेल पनि काठमाडौं रहेकोले साँझसम्म हेटौंडा फर्किएर सामूहिक राजीनामा दिने  तयारी रहेकाे स्राेतले बताए ।  

बागमतीमा थपलियासहित एमालेका पाँचजना मन्त्री छन् । अन्य मन्त्रीमा उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठ छन् ।