images

वर्तमान प्रधानमन्त्रीले संसद्‌को सामना गर्ने आँट राख्नुपर्छ:अध्यक्ष नेपाल

काठमाडौं -नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्‌को सामना गर्ने आँट राख्नुपर्ने बताएका छन् ।

दशौं महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।उनले पार्टीहरु बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताए। सबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने बताए। उनले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भुमिका निर्वाह गर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले पनि राजीनामा नदिने बरु सदनमा विश्वासको मतको सामना गर्ने अड्डी कसेका छन् ।

नयाँ सत्ता समीकण बनाउने घोषणा गरेका नेकपा (एमाले) र नेपाली कांग्रेसले भने प्रधानमन्त्री प्रचण्डले यथाशक्य चाँडै राजीनामा गर्नुपर्ने बताइरहेका छन् ।