images
images

चार महिना स्वास्थ्य लाभ गरी स्वदेश फर्किए बर्षमान पुन

काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका छन्।

चार महिनादेखि चीनमा उपचार गराइरहेका पुन चिनियाँ सहर छेन्दुबाट  शुक्रबार नेपाल आएका हुन् ।

पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका थिए।

जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि पुन गत १ फागुनमा चीन गएका थिए। उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।