images

नयाँ समीकरणबाट खुसी भइहाल्ने अवस्था छैन : शेखर

काठमाडौं : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुशी हुनसक्ने अवस्था नरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिइनसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए। उनले संविधानलाई सबैले मान्नुपर्ने बताए।

उनले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए। उनले सधैँ अस्थिरतालाई बोकेर हिँड्नुभन्दा दुई ठूला दल मिलेर सरकार बनाउनु उचित रहेको बताए।

उनले भने, ‘मैले त आठ, नौ महिला पहिलादेखि नै एउटा कुरा भनिरहेको थिएँ। यसरी हरेक दिन स्थिर सरकार, डेढ वर्षमा चौथो हुन थालिसक्यो अब त। नेपाली काँग्रेस र माओवादी मिलेर त हामी सबैले भोट हाल्यौँ होला। तर निर्वाचनपछि माओवादीले एमालेलाई लिएर सरकार बनयो। उहाँहरुको बीचमा के मिलेन, फेरि काँग्रेससँग  आयो। त्यसपछि फेरि काँग्रेसलाई छोडेर एमालेसँग मिल्नुभयो। यो अस्थिरतालाई कहिलेसम्म हामीले बोकिरहने ? भन्ने मलाई लाग्यो। म बोलि पनि रहेको थिएँ। सबै साथीहरुसँग कुरा गर्दा अन्तत्वगत्वा आएको छ, तर अहिले नै खुशी हुनसक्ने अवस्था छैन। किनभने अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन। राजीनामा नदिएपछि संविधानतः के हुन्छ ? भन्ने हामीले सोच्नुपर्छ।

नेता कोइरालाले गिरिजाप्रसाद कोइरालाले लिएका संकल्पलाई ध्यानमा राखेर कांग्रेस अघि बढ्ने बताए।