images

एमाले लक्षित खनालको टिप्पणी : कांग्रेससँग अंगालो मारेर जनता र राष्ट्रको हित हुँदैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौँमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई दलाल पुँजीवादको संज्ञा दिए ।

नेपाली कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे । उनले अहिले नेकपा एमालेभित्र भूकम्प गएको बताए । नेकपा (एकीकृत समाजवादी) को विकास र विस्तारलाई रोक्न सक्ने शक्ति कुनै नरहेको जिकिर गरे । सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुनःगठनको प्रक्रिया सुरुवात हुने बताए ।