images

यस्ता छन् मन्त्रिपरिषदका २६ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले विभिन्न २६ वटा निर्णय गरेको छ । गत सोमबार र बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २६ वटा निर्णय गरेको हो ।

असार २४ गतेदेखि साउन ३ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको संयोजनमा दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठक हुँदैछ । उक्त बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका पाध्यक्ष संगिता सिंह, सचिवसहितको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

जापान सरकारबाट मानव संशाधन विकासका लागि छात्रवृत्ति आयोजनाको लागि जापानी येन ४५४ मिलियन (करिब ३८ करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधान गरी सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगको म्याद असोज १५ गतेसम्म थप गरेको छ । अमेरिकाको राष्ट्रपतीय निर्वाचनको अवलोकनका लागि कात्तिक १८ गतेदेखि २१ गतेसम्म प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा रामप्रसाद भण्डारी र जानकी तुलाधरलाई अमेरिका भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।
हेर्नुस निर्णयहरू