images

अशोक राई नेतृत्वको जसपाका मन्त्रीहरूले बुझाए राजीनामा

काठमाडाैं – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

जसपाबाट प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री  र नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री थिए । दुवैजनाले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

कांग्रेस–एमालेबीच सत्तासहकार्यको सहमति भएर प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेसँगै अन्य दलका मन्त्रीहरूले समेत राजीनामा बुझाइरहेका छन् । अल्पमतमा परेका प्रधानमन्त्रीले यही असार २८ गते विश्वासको मत लिने निर्णय गरेका छन् ।